साहित्य

तर म पटक्कै खुसी छैन

-बसन्त प्रकाश उपाध्याय                    -कविता

मेरो ३०३० वर्षको त्यागमा ‘दाग’लगाइदा कोही बोलेनन् ।
कति पीडा भयो? आफैंलाई थाहा छ।
चोरहरु मिलेर लुटिएको साधु नियति जस्तै चूपचाप बितिरहेका थिए दिनहरु।
तर आज अधर्मपथमा ‘कूलमान’बनाइएका एउटा मित्रको सत्ता ‘भ्रम’ टुटेको कथा सुनियो।
सुनियो उनलाई
नखाएको विष लाग्यो रे ।
केही नकचराहरुले गरेको टिप्पणी अनुसार उनीसगै
आफू भट्टराई भएको लुकाएर कतिपय ‘राई–मुन्धुम’गाउँथे।
एकादशीको दिनमा सात्विक टिप्पणी गर्ने कमै थिए ।
मलाइ छोयो नराम्ररी छोयो।
सत्ता वक्र भएपछि सामाजिक दुस्चक्र कसरी उल्टो बन्छ? त्यस्को पत्तो मलाई चाहिँ छ।
भोग्नु पर्नेले भोग्नु नै पर्दोरहेछ.कालकुट नर्म।
यस्तै हो –पोलेपछी थाहा हुन्छ अनावश्यक आगोको दुःख ।
मैले भनेजै थिए (दिउँसोको तारा भ्रम हो मित्र।
जब बादरहरु भुमरीमा पर्छन् उनीहरुले आफ्नो बच्चाको टाउकोमा टेकेर खोला वा नदी पार गर्नेछ ।
अचेलको कोरोना जस्तै छन् फटाहाहरु।
जाच्दा नदेखिने मनोरोगीहरु जस्तै।
कसले बनायो प्रदेश अफिस ?
कसको पालामा बन्यो विराटनगर भवन ?
कोहलपुरको परिकल्पनाकार को हो ?
यो कथा पछि लेखौला।
तर जहाँ जसले मेरो ३०र३० वर्षको लगानी देखेन त्यहीँ कसैको रुमानी जवानी देखिने कुरै थिएन ।
कसाईको कर्ममा आसुको मूल्य छैन ।
कानूनले कसैलाई अन्याय गर्दैन । मलाई हिजै थाहा थियो ।
अरुलाई पनि यस्तै लागेछ।
अहिले गोकुलले पनि यस्तौ भनेको सुन्छु ।
सुन्दा खुसी लाग्छ । तर म पटक्कै खुसी छैन।