राजनीति

डा आचार्यको ठोकुवाः प्रधानमन्त्री पूरै असफल, गैरजिम्मेवार अभिव्यक्तिमा अझै निरन्तरता

०२ साउन, काठमाडौं । पुर्बाधारविद डा सुर्यराज आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आँफु हट्दा विदेशीको दवावले हटेको’ जस्तो देखिने धेरै बठ्याईँ गर्नु भएकोछ। यि बठ्याईँ मुलुकका लागि भने महँगो पर्दैछ। भनेका छन् ।

उनले ट्वीट गर्दै प्रधानमन्त्री ओलीको गैरजिम्मेवार व्यवहाररअभिव्यक्तिमा निरन्तरता भएको भन्दै केपी ओलीलाई हटाउने दक्षिण छिमेकीको खुला उद्घोष र त्यहाँका मिडिया, विश्लेषक र टिप्पणीकारको उत्ताउलो र हेपाहा प्रतिक्रियाले देश भित्र गुम्दै गरेको आफ्नो राजनीतिक वैधता र लोकप्रियतामा सुधार होला भन्ने प्रधानमन्त्री ओलीको बुझाई रहेको प्रतिकृया दिएका छन् ।

डा आचार्यले नेकपा भित्रको दाउपेचको कुरा छुट्टै, प्रधानमन्त्री केपी ओलीलाई हटाउनरराख्न चाहने विदेशि शक्तिको दाउपेच पनि छुट्टै, सरकार सञ्चालनमा भने प्रधानमन्त्री केपी ओली पूर्ण असफल भन्ने बिश्लेशणात्मक ठोकुवासमेत गरेका छन् ।

उनको ट्वीटः नेकपा भित्रको दाउपेचको कुरा छुट्टै। प्रधानमन्त्री केपी ओलीलाई हटाउनरराख्न चाहने विदेशि शक्तिको दाउपेच पनि छुट्टै। सरकार सञ्चालनमा भने प्रधानमन्त्री केपी ओली पूर्ण असफल। तर उहाँले ‘आँफु हट्दा विदेशीको दवावले हटेको’ जस्तो देखिने धेरै बठ्याईँ गर्नु भएकोछ। यि बठ्याईँ मुलुकका लागि भने महँगो पर्दैछ। खास गरि केपी ओलीलाई हटाउने दक्षिण छिमेकीको खुला उद्घोष र त्यहाँका मिडिया, विश्लेषक र टिप्पणीकारको उत्ताउलो र हेपाहा प्रतिक्रियाले देश भित्र गुम्दै गरेको आफ्नो राजनीतिक वैधता र लोकप्रियतामा सुधार होला भन्ने प्रधानमन्त्री ओलीको बुझाई। प्रमको गैरजिम्मेवार व्यवहाररअभिव्यक्तिमा निरन्तरता !