पु.समाचार

आज भेटिए झण्डै पाँच हजार परीक्षण गर्दा १६७ जना कोरोना संक्रमित

१ साउन, काठमाडौं । आज १६७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । २४ घण्टामा २१३ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर जम्म ४९६१ जनामा कोरोना भाईरसको पीसिआर परीक्षण भएको थियो । संक्रमित भन्दा डिष्चार्ज हुनेको संख्या बढ्दै गएको छ भने परीक्षण बढाईएपनि संक्रमितहरु घटेका छन् ।