पु.समाचार

एसएसपी राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ

३१ असार, काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारीलाई प्रहरीले एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल तालिम केन्द्रमा कार्यरत अधिकारीलाई महिलाले बलात्कारको आरोप लगाउँदै गरेको मौखिक उजुरीका आधारमा पक्राउ गरिएको हो ।

बलात्कारको आरोपमा एसएसपी पक्राउ परेको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले पुष्टी गरेका छन् ।