राजनीति

सिंहको टिप्पणीः सरकारले विदेशीलाई नेपालको आन्तरिक राजनीतिमा खुलेआम हस्तक्षप गर्न दियो

३१ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पुर्व पूर्वमहामन्त्री  प्रकाशमान सिंहले वर्तमान ओली सरकारले  नेपालको आन्तरिक राजनीतिमा विदेशीलाई खुलेआम हस्तक्षप गर्न दिएको टिप्पणी गरेका छन् ।

ठमेलको चाक्सीबारी स्थीत आफ्नै निवासमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता सिंहले नेकपा नेतृत्वको वर्तमान सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको, कोरोना परीक्षणका लागि आवस्यक सामाग्री खरिदमा चरम भ्रष्टाचार गरेको र नेपालको आन्तरिक राजनीतिमा विदेशीलाई खुलेआम हस्तक्षप गर्न दिएको टिप्पणी गरेका हुन् ।

साथै नेता सिंहले समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेको बताउँदै ७ फागुनदेखि सुरु हुने पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्नेमा आफुहरुको जोड रहेको बताए ।

पार्टी प्रवेश कार्यक्रममा काठमाडौंको ठमेल क्षेत्रका २७ जनालाई नेता सिंहले अबिर लगाइदिएर र काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँले खादा लगाइदिएर पार्टीमा स्वागत गरेका थिए ।