पु.समाचार

विप्लव नेकपाका पोलिटब्युरो सदस्य पुन पक्राउ

३१ असार काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना पोलिट व्युरो सदस्यलाई प्रहरीले आज बिहानै पक्राउ गरेको छ ।

पोलिट ब्युरो सदस्य एवं सेती–महाकाली ब्युरो ईन्चार्ज ओमप्रकाश पुनलाई प्रहरीले कैलालिबाट पक्राउ गरेको छ । कैलालि प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले नेकपाका एक नेतालाई पक्राउ गरेको पुष्टि गरेका छन् ।

बिप्लब नेकपाले भने पुनकी श्रीमती महिला सङ्गठन (क्रान्तिकारी)  की सेति-महाकाली ब्युरो इन्चार्ज पुर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको बताएको छ ।