विचार/ब्लग

नकारात्मक मानिसमा पनि मन्दिर जाँदा सकारात्मक धारणा पैदा हुन्छ

स्वीकृति पोखरेल / १२ औ महिनाको चौथौँ महिना साउन हो । साउन महिना जता तेतै हरियाली छाउने समय हो । यो महिनालाई कृषिको नयाँ जिवनको थालनीको रुपमा मानिन्छ । यो समयमा किसानहरु धान रोप्न व्यस्त हुने गर्दछन् र रोपाईँ सकेपछि साउनलाइ पर्वको रुपमा मनाउन थालेका छन् । यो समयमा ग्रामीण क्षेत्रमा सवै घर घरमा रोपाई गर्नमा व्यस्त हुन्छन् । समाजमा खेतको काम सकेर फुर्सदको समयमा भगवान शिवको ब्रत बस्ने भन्ने चलन छ । साउनलाइ कृषि संस्कृती झल्काउने चाडको रुपमा पनि मानिन्छ । हिन्दु धर्मले साउन महिनालाई विशेष महत्व दिने गर्छ । साउन महिनामा बढि पानी पर्ने, बाढी आउने, पहिरो जाने जस्ता थुपै्र प्रकृतीक क्षति हुने भएकाले आउन महिनामा भगवान शिवको पुजा आरधना गर्ने गर्ने चलन रहेको मान्यता छ ।
समाजमा धेरै जसो नारीहरुले पहिला देखिनै साउनलाई महत्व दिदै आएको पाइन्छ । साउनमा बिशेष गरि नील्कण्ठ नारायण र नील्कण्ठ शीवजीको पुजा आरधना गरिन्छ र साउनको सोमबार ब्रत बस्ने चलन छ । जुन चलन परापुर्व काल देखीनै चलि रहेको छ र अहिले सम्म पनि रहिरहेको छ । कतिपय वैज्ञानिक कारणहरुले पनि ब्रत बस्नु फाईदाजनक भएको सावित भएपनि समाजमा ब्रत आस्था र श्रद्धाले बस्ने गरिन्छ । ब्रतलिने, भगवान प्रति राख्ने भन्ने कुरा आफुमा भर पर्ने कुरा हो, यो कसैको करकापमा गरिदैन । जसलाई आस्था छैन, उसलाई यो कुरामा कर लगाउन पनि आवश्यक देखिदैन । विश्वमा हरेक घर्ममा स्वतन्त्रता रहन्छ । जुन कुरा कानुनमा समेत उल्लेख छ । मानिसहरु धर्म हुन्छ भन्ने सोचले दिनभरि भोकै बस्ने गर्दछन् तर यो चलनलाई कतिपय दृष्टिकोणबाट समाजले नकमरात्मक सोच्ने गरेको पनि छ । भोको बसेर, वा मूर्ति पूजा गरेर भन्दा गरीब दुःखी तथा बृद्धहरुको सेवा गरे धर्म हुन्छ भन्ने धारणा हाम्रो नेपाली समाजमा मान्यता समेत रहेको छ । सबैका आआफ्ना दृष्टिकोणहरु छन् सबैले महत्व पाउछन् तर धेरैजसोले विश्वासका आधारमा धर्मसंस्कृतिलाई महत्व दिने गरेका छन् ।
साउन महिनामा शीवजीको ब्रत बसि नारीहरु हरियो र पहेँलो चुरा, टीका, धागो, पोते, कपडा, पालिस आदिको प्रयोग गर्ने गर्दछन् र त्यसै गरी हातमा मोहेन्दी पनि लगाउने गर्दछन् । यो चलन पनि पहिले देखिनै चलिरहेको छ । साउन महिनामा जता त्यतै हरियाली छाउने मौसम भएकोले गर्दा हरियो चुरा, पोते, हरियो, पहँेलो र रातो कपडा लगाईन्छ यसको पनि छुट्टै महत्व छ, जस्तैः हरियोलाइ प्रेम, पहेलोलाई शुद्ध र पवित्र र रातोलाई शौभाग्यको रुपमा मानिन्छ । अविवाहितले प्रायः शिव जस्तै वर पाउँ भनि ब्रत बस्छन् भने बिवाहित महिलाहरु पतिको आयु, स्वस्थ्य लाभ र खुसी जिवनको कामना गर्दै ब्रत बसेको पाइन्छ भने श्रीमान श्रीमतीको सम्वन्ध सुमधुर पार्ने भन्ने बिस्वाशमा पनि ब्रत बस्छन् । भगवान शिवलाई प्रशन्न पार्न हरियो बेलपत्र, भाङ, धतुरो, फलफुल, नैवेद आदि चढाइन्छ । समाजमा सवै मानिसहरुलाई यो चलन मन नपर्न पनि सक्छ ।

समाजमा धर्मको नाम लिएर अनेकौं अनावश्यक फेसन गर्ने गर्दछन् । जसले गर्दा सामाजिक संस्कृतिमा नकारात्मक असर गरि वाहिरी संस्कृति भीत्रीने गर्दछ । हाम्रो समाजमा परा पुर्वकालदेखी चलिआएको, मुल्यमान्यता, धर्म संसकृती, रितीरिवाज, भाषा, आदीमा नकारात्मक असर पर्ने सम्भावना निकै बढि रहने गर्दछ । समाजमा भनिने गरिन्छ, हप्तामा एक दिन ब्रत बस्दा शरीर स्वस्थ हुने गर्दछ । हाम्रो समाजमा कति मानिसहरुमा भगवानप्रति आस्था भए पनि ब्रत बसेर मात्र धर्म कमाइन्छ भन्ने सोच भने कदापी छैनन् । मानिसको जीवनमा सबै भन्दा ठुलो धर्मनै मानवता हो । मानिस जतिनै नकारात्नक भएपनि मन्दिर जाँदा उ आफैमा सकारकत्मक धारण पैदा हुन्छ । उसमा थोरै मात्र भएनि आस्था र श्रद्धा प्रकट हुन्छ ।
साउनमा मृतकको नाममा ब्रत बस्दा मृत आत्माले सान्त पाउँछ भन्ने समेत विश्वास छ । यो महिनामा भगवान शिवलाई खुशी पार्न बोलबम जाने रमाइलो गर्ने, भाकल गर्ने, साउन भरी माछा मासु नखाने, नियमीत रुपमा नहाएर मात्र पुजा आरधना गर्ने, आदी गर्दछन् । साउन महिनालाई शास्त्रको अनुसारमात्र नभएर मानिसहरु छुट्टाछुट्टै तरिकाले विश्लेषण गर्ने गर्दछन् । साउनको दिनभरीको ब्रत पछि साँझमा कर्कलो खाने गर्दछन् । पहिलो पटक साउनको ब्रत बस्दा पाँच वटा सोमबार परेको बेला बस्दा शुभ हुन्छ भन्ने मान्यता छ । पार्वतीले पनि साउन भरी ब्रत बसेर भगवान शिव जस्ता पति पाएकी थीइन् र साउनमा पार्वतीले ब्रत बसेको कारण भगवान शीवलाई मन पर्ने महिनाको रुपमा पनि लिने गरीन्छ ।
साउन महिनामा शिबको पुजा गरि ॐ: नम. शिवाय भनी जप गरे उनी खुसी हुने धर्ममा आस्था राख्नेहरुको घारणा छ । साउन महिनामा धर्मालम्वीहरु विभिन्न ठाउँका शिवालयहरुमा भ्रमणका लागि जाने गर्दछन् । समाजको विभिन्न संसकृति लोप हुदै गएपनि साउनमा हरियो चुरा, पोते, पालीस, मेहेन्दी, हरियो, रातो र पहेलो बस्त्र लगाउने चलन भने निरन्तर चलि रहेको पाइन्छ । साउनमा बालबालीका देखी, बृद्धसम्मका महिला दिदीबहिनीहरु यो पर्वलाई निकै महत्व दिरहेका छन् । साउने संक्राँन्तीलाई पनि नेपालीहरुले मनाउछन् । पुरुषहरुले समेत हरियो तथा पहेलो बस्त्र लगाएर बोलबम जाने गर्दछन् । बोलबममा पहाडी क्षेत्रका मानिसहरु भन्दा मघेश क्षेत्रका मानिसहरु यसमा बढी सम्लग्न भएको पाइन्छ । साउनमा विभिन्न ठाउँको शिवालयहरु जस्तैः पशुपति, ललितपुरको शिव मन्दिर, भक्तपुरको डोलेश्वर मन्दिर आदी देशभरका शिव मन्दिहरुमा भक्तजनको भीड हुने गर्छ । कतिपय मेला तथा पर्वहरुमा मौका पारेर मानिसहरुका सुन चाँदी लुट्ने जस्ता घटनाहरु प्नि घट्ने गरेका छन् । यस्तो पर्वमा आफ्नो जनधनको सुरक्षागर्न निकै आवश्यक देखीन्छ । भनिन्छ हुलमुलमा जिउ जोगाउनु अनिकालमा बीउ जोगाउनु त्यस्तै रुपमा यो समयलाई हेर्नुपर्ने हुन्छ ।
कति स्थानमा धर्म संसकृतीतिरभन्दा पनि देखाबटी र फेसनको रुपमा बोलबम देखिने क्रम पनि मैलाउदै गएको छ, जसको कारणले सामाजीक संसकृतीक रुपमा धेरै प्रभाव पर्दै गरेको पाइन्छ । कती ठाउँहरुमा धर्म संसकृतीहरुलाई नकारात्मक दृष्टीले हर्ने गरेको पनि पाईन्छ तर यसलाई धेरैजसो क्षत्रमा भने सकारातमक रुपमा नै लिईन्छ । धर्म संसकृतिमा धेरैमात्रामा मनोरञ्जनका साथै धार्मिक आस्था तथा श्रद्धा समेत तुल्याउने हुँदा मानव जीबनमा धर्म संसकृतिको नीकै महत्व छ ।
त्यस्तै अमेरिका, युरोप जस्तो विकसित देशहरुमा समेत सोमबारलाई बिशेष दिनको रुपमा लिइन्छ । त्यस ठाँउमा केटाहरुले केटीहरुलाई पानी छेपेर भिजाइदिने गरेका समाचारमा पढ्न पाईन्छ । जुन दिनलाइ उनीहरु वेट मण्डे अर्थात भीजेको सोमबार पनि भन्ने गर्दछन् ।
नेपालको संबिधानले धर्मनिरपेक्ष राज्य घोषणा गरिसकेको अवस्थामा मानिसलाई जुनसुकै धर्म र आस्थामा रहन स्वन्त्रता भएको छ । त्यही अनुसार सबैले आफ्नो आस्थाअनुसार बिभिन्न धर्ममा रहन छुट छ । मानिसहरु श्रावणमा आफ्नो ईच्छाअनुसार बोलबम जाने लगायतमा आस्थावान भई साउन महिनामा धार्मिक रुपबाट आनन्द लिने गरेका छन् । धर्म संस्कृति र परम्परा बचाउन र आस्था राख्न अधिकाँस नेपालीहरुले साउन महिनालाई बिशेष महिना बनाउने गरेका छन् । हामी सबैले उक्त साउन महिनालाई बिशेष महिना बनाउने अधिकाँस नेपालीहरुको संस्कृतिमा साथ दिऔं ।