मनोरञ्जन

अम्बिका गुरुङ शब्द तथा बसन्त सापकोटाको संगीतमा कति माया सार्वजनिक (भिडियो सहित)

काठमाडौँ ३१ असार काठमाडौं । बरिष्ट गीतकार अम्बिका गुरुङको कति माया बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा लोकप्रिय गायक सुमन के.सी र गायिका प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ ।

बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । गीतकार अम्बिका गुरुङ पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रकि चल्तीका गीतकार पनि हुन् । उनले नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम चलाउदै आएकी छिन ।

दर्जनौ हिट गीतहरुमा आफ्नो जादुमयी शब्द भरेर नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गीतकार गुरुङ आफैमा एक समाजसेवी समेत हुन् । सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाएका लोकप्रिय गायक सुमन केसी र गायिका प्रबिशा अधिकारिको स्वरमा सजिएको गित कति माया ले दर्शक श्रोताहरुको मन जित्नेमा दुइमत छैन ।

सार्वजनिक म्युजिक भिडियोमा नायक नाजिर हुसेन र मोडल सुशिला थापालाइ फिचर्ड गरिएको छ । निर्देशक शान थापाको निर्देशन रहेको गीतको भिडियोलाई छायाँकार बुद्ध थापाले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोसः