मनोरञ्जन

दीपाश्री निरौलालाई माफी दिन महानायक हमालले गरे आफ्ना फ्यानलाई आग्रह (भिडियो सहित)

३१ असार काठमाडौं । पछिल्लो समय आफ्नै बोलिका कारण कलाकार दीपाश्री निरौला निकै आलोचित भएकी छिन् । यस्तै  कलाकारहरु विभिन्न अभिव्यक्तिका कारण बेला–बेला चर्चामा आईरहेका हुन्छन् यसबाट कलाकार निरौला पनि चोखि रहिनन् ।  निरौलाले ‘महानायक’ का विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि पछिल्ला केही हप्ता यता यो विषयले निकै चर्चा पाएको छ ।

दीपालाई गाली गर्ने र उनको पक्षमा बोल्नेहरुको सामाजिक संजालमा दोहोरी नै चल्न थालेपछि यो विषयमा माहानायक राजेस हमाल बोलेका छन् । महानायक राजेश हमालले मध्यरातमा एक भिडियो सन्देशमार्फत दर्शकहरुसँग कलाकार दीपाश्री निरौलालाई माफी दिन अनुरोध गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् दर्शकहरुलाई सम्बोधन गर्दै हमालले सधैं इगो राख्न नहुने र धैर्यता र इमान्दारितालाई आत्मसाथ गर्दै कलाकारहरुलाई सजग गराउ नुहुने दर्शकहरुलाई धन्यवाद पनि दिएका छन् । दीपाको नाम नलिई उनले आफू माथि विवादास्पद अभिव्यक्ति दिने जो भए पनि माफी दिन दर्शकहरुमा अनुरोध गरेका हुन् ।

नायक राजेश हमालले अबका दिनहरुमा यसरी अघि बढ्न नसकिने भन्दै यस्तो अभिव्यक्ति दिनेलाई माफि दिन र सधैं कलाकारलाई सजग गराउन पनि दर्शकहरुमा अनुरोध समेत गरेका छन् । उनले भनेका छन्ः ‘दर्शकहरूलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, अब अलि फराकिलो भएर मनन् गरेर सकारात्मक तरिकाबाट कसैको मानवतामा आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं ।

हेर्नुहोस्ः भिडियोमाः