सामाजिक सञ्जाल

प्रधानमन्त्रीको उच्छृङ्ल जिब्रोले नेपाल–भारत सम्बन्धमा चरम् कटुता पैदा हुने खतराः संग्रौला

३१ असार काठमाडौं । वुद्धिजिवि लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपिशर्मा ओलीको उच्छृङ्ल जिब्रोले नेपाल–भारत सम्बन्धमा चरम् कटुता पैदा हुने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री ओलीले राम जन्मभूमिको विषयमा दिएको अभिव्यक्ति प्रति ईँगीत गर्दै साहित्यकार संग्रौलाले यस्तो बताएका हुन् ।

उनले भूमि माथिको स्वामित्व विनाको चुच्चे नक्सा सिरानी हालेर सुतेका मौसमी राष्ट्रवादी ओलीले बर्बाद गर्ने भए भन्दै चिन्ता प्रकट गरेका छन् । यस्तै उनले भनेका छन्ः दुःखी राष्ट्र ओलीय घाँडो भिरिरहन कहिलेसम्म अभिशप्त हुने हो, मान्यवर ? । सोमबार भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए ।

भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताएका थिए । जुन अभिव्यक्तिको अहिले नेपाल भारत दुबैैतिर आलोचना भईरहेको छ ।

 

उनको ट्वीटः प्रम ओलीको उच्छृङ्ल जिब्रोले नेपाल–भारत सम्बन्धमा जनस्तरमै चरम् कटुता पैदा हुने खतरा देखियो । भूमिमाथिको स्वामित्वविनाको चुच्चे नक्सा सिरानी हालेर सुतेका मौसमी राष्ट्रवादी ओलीले बर्बाद गर्ने भए । यो दुःखी राष्ट्र ओलीय घाँडो भिरिरहन कहिलेसम्म अभिशप्त हुने हो, मान्यवर ?