राजनीति

गगन आक्रोशितः कुर्सी जोगाउन जे पनि बोल्ने/गर्ने ओलीबाट न देश सुरक्षित छ, न लोकतन्त्र !

३० असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन कुमार थापाले प्रधानमन्त्रीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोलेको दाबी गरेका छनु । उनले भनेका छन्, ‘प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो। कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र ! नेकपाका साथीहरू! राजनीतिक होइन भनेर नपन्छिनोस, अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।’
नेता थापाले आग्रह गर्दै भनेका छन्, ‘यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ। आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने, प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ। यसलाई हल्का रुपमा नलिऔं। यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं ।’
पूर्ब स्वास्थ्य मन्त्रीसमेत रहेका युवा नेता थापाले प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले ‘जे पनि बोल्ने’प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको आफूले पाएको भएपनि उक्त अभिव्य आफूलाई नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो भन्ने लागेको दाबी गरेका छन् ।

नेता थापाले भनेका छन्, ‘प्रमलाई राम्रोसंग थाहा छःयस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफुलाई‘कथित राष्ट्रवादी’बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।’