राजनीति

पाँच बर्ष ओली प्रधानमन्त्री भईरहे नेकपा समाप्त हुन्छः बरिष्ठ नेता खनाल

२९ असार, काठमाडौं । नेकपा बरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकार नै पाँच बर्ष टिकेमा नेकपा समाप्त हुने बताएका छन् । उनले साहना प्रधान प्रतिष्ठानको आयोजनामा गरिएको ‘नेकपाको आजको समस्या के हो? सम्भावना के हो?’ शीर्षकमा गरिएको छलफल कार्यक्रममा नेकपा अध्यक्ष नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्न नसकेकोमा आधा जनमत घटेको भन्दै यसका लागि तीनवटा बिकल्प भएको जिकिर गरेका छन् ।

उनले यथास्थीतिमा केपी ओलीले पार्टी फुटाएर बस्ने, पार्टीलाई सुधार गरेर सब्ै सच्चिएर जाने र नेकपाको अनिश्चित भबिश्यलाई पर्खेर बस्ने तीनवटा बिकल्प अघि सारेका छन् । उनले जताततै सरकारको बिरोध बढेको भन्दै सरकारले एकपछि अर्को अनियमितता लुकाउँदै भविश्य अन्धकारमय बनाउने दिशामा लम्किएको बताए ।

पूर्ब प्रधानमन्त्री समेत रहेका खनाल पार्टीका ईमान्दार नेतामात्र नभएर गुटबनदीलाई बिश्वास नगर्ने नेताका रुपमा चिनिन्छन् । नेकपाकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला आएको दुई अध्यक्षपछिका बरिष्ठ नेता खनालको उक्त भनाईलाई अर्थपूर्ण रुपमा लिईन्छ ।