पु.समाचार

वीपी कोईरालाको ३८ औं स्मृति मनाउन तरुण दलका ७७ वटै जिल्लालाई केन्द्रको परिपत्र

२९ असार, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले ७७ वटै जिल्लासमितिलाई परिपत्र गरेका छन् ।
उनले एकक विज्ञप्ती निकाल्दै महामानव वीपी कोइरालाको ३८ औँ स्मृति दिवस यहि मिति २०७७ श्रावण ६ गते साप्ताहिक रुपमा विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु गरी मनाउने नेपाल तरुण दल केन्द्रिय समितिको निर्णय भएको जानकारी गराउँदै त्यस जिल्ला समितिले तपशिलका कार्यक्रमहरु गरी÷गराई मनाउन आग्रह गर्दै उक्त परिपत्र गरेका हुन् ।

तरुण दलले यस्तो कार्यक्रम गर्ने निर्णय गरेको छः
१. नेपाली काँग्रेस जिल्ला समितिले आयोजना गर्ने कार्यक्रममा सम्पूर्ण तरुणहरुलाई सहभागी गराउने ।
२. वीपी स्मृति दिवस वृक्षारोपण, सरसफाई, रक्तदान, फलफुल वितरण, अन्तरक्रिया जस्ता रचनात्मक र सृजनात्मक कार्यक्रमहरु गरी साप्ताहिक रुपमा मनाउने ।
३. कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टाइनहरुमा सरसफाई, शुद्ध खानेपानी वितरण जस्ता कार्यहरु गर्ने÷गराउने र यस सम्बन्धि सचेतना फैलाउने ।
४. स्थानीय प्रशासन एवं निकायहरुसंग समन्वय गरी बाढी पहिरो प्रभावित जिल्लाका साथीहरुले बाढी पहिरो पिडित जनताहरुलाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा कृयाशील रहने ।
५. कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने सजगता, प्राकृतिक विपद र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरुमा सचेतनामुलक कार्यक्रमहरु गर्ने ।
६. वीपी स्मृति दिवस भव्य र व्यापक रुपमा मनाउन जिल्लाका सम्पूर्ण तह (क्षेत्र, महानगर, नगर, गाउँपालिका र वडा समिति) का समितिहरुलाई परिपत्र गरी निर्देशन गर्ने ।
७. त्यस जिल्लामा गरिएका सम्पूर्ण कार्यक्रमहरुको प्रतिवेदन केन्द्रिय कार्यालयमा पठाउनुहोला ।
दलले कार्यक्रम गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गरौँ, सामाजिक दुरी कायम गरी कोभिड–१९ बाट आफु पनि बाचौँ र अरुलाई पनि बचाऔँ भन्ने नारासमेत ल्याएको छ ।