बाग्मती

वातावरण र आर्थिक कार्यविधि संशोधनका लागी विधेयक दर्ता

२९ असार, हेटौँडा । वाग्मती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारका तर्फबाट आज दुई विधेयक दर्ता गरिएको छ । दर्ता गरिएकामध्ये वातावरण संरक्षणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को प्रथम संशोधन र प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ को अध्यादेशलाई संशोधन गर्न बनेको विधेयक २०७७ रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए ।

आगामी साउन २ गते बस्ने प्रदेशसभाको बैठकमा विधेयकलाई पूर्ण छलफलका लागि प्रस्ताव प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।