सामाजिक सञ्जाल

जोखिममा परेका बस्तीहरुलाई मधेशमा बस्ती बसालौंः नेता गुरुङ

२९ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले वाढी पहिरोेका कारण जोखिममा परेका बस्तीहरुलाई मधेशमा बस्ती बसाल्नुपर्ने मा पर्नेमा जोड दिएका छन् ।

वर्षा याममा पहाडी जिल्लामा बाढी पहिरो र मधेशमा डुबान हवानले ठुलो नोक्सानी हुने गरेको प्रति उनले दुःख व्यक्त गरेका छन् । नेता गुरुङले तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालामा जोखिममा परेका वस्तिलाई व्यवस्थापन गर्न आफुले आग्रह गरेको र प्रधानमन्त्रीले नागरिकले थात्थलो छोड्न नमानेको बताएको स्मरण गर्दै यस्तो बताएका हुन् ।

अव्यवस्थित बस्तिका काण वर्षानि नागरिकले वार्ढी पहिरोका कारण दुःख पाउने गरेको भन्द व्यवस्थित बस्ति बनाउनु पर्नेमा जोड दिएका छन् । अहिले मुलुकका विभिन्न स्थानमा आएको वार्ढी पहिरोमा परि कयौंले ज्यान गुमाउनुका साथै घरबार-बिहिन हुनु परेको छ ।

उनको ट्वीटः जब वर्षात सुरु हुन्छ, पहाडमा बाढी-पहिरोले र मधेशमा डुवानले ठुलो नोक्शानी पुर्याउँछ। भुकम्प पश्चात तत्कालिन प्र।म।सुशिलदालाई भनेको थिएँ–जोखिममा परेका बस्तीहरुलाई मधेशमा ब्यबस्थित बस्ती बसालौं । पछि उहाँले भन्नु भयोः थात्थलो छोड्न मान्दैनन् भन्ने रिपोर्ट आयो । दुखः अब्यबस्थित बस्ती ।