मनोरञ्जन

गायक निरज पोखरेलको आवाजमा ”प्रदेशी बुढा ”भिडियो सहित

२९ असार काठमाडौँ । निकै चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारी र गायक निरज पोखरेल को अर्को उत्कृष्ट तिज गीत ”प्रदेशी बुढा ” बजारमा आएको छ ।

नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा हरेक सालमा भै यसपाली पनी नेपाली नारीहरुको पिडालाई समेटेर गीत आम दर्शक तथा स्रोता माझमा प्रस्तुत गरेको गीतका सर्जक अर्जुन गुरुङले बताए ।

परदेशमा भएका श्रीमान र स्वदेशमा भएको श्रीमति विचको पिडालाई गीतमा समेटिएको छ । अर्जुन गुरुङको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । जसको एरेन्ज जुजु गुरुङले गरेका छन ।

प्रकाश खड्काको छायाँकन ,राजेश कुमारको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ”प्रदेशी बुढा ”गीतको भिडियोमा रिना थापा मगर र आयुष्मान लामाको अभिनय तथा नृत्य रहेको छ ।

गितको भिडियोः