अन्तर्राष्ट्रिय

इङ्गल्याण्डमा १ सय ४ वर्षिया बृद्धले घरमै बसेरै जितिन कोरोना

२९ असार काठमाडौं । इङ्गल्याण्डमा एक १ सय ४ वर्षिया वृद्धले घरमै बसेर कोरोनालाई जितेकी छिन् । इङ्गल्याण्डको केन्टामा बसोबास गर्ने ग्रेस ग्रिनउड नाम गरेकी ति महिला बिगत केही दिनदेखी बिस्तारामै थला परी स्वाप्रस्वासमा समेत समस्या हुँदा पनि अस्पताल नगई कोरोना निको भएकी छिन् ।

ग्रेसको जन्म म्यानमार (बर्मा)मा भएको र उनले भारतमा नर्सको रुपमा केही समय काम गरेकी उनि त्यसपछि लामो समुद्री यात्रा तय गर्दै उनी सन् १९४६ मा इङ्गल्याण्ड गएकी थिईन ।

उनका परिवारका सदस्यहरुका अनुसार उनले जीवनमा धेरै कष्ट व्यहोरेकी छन् । आफ्नो जीवनको अधिकतम समय उनले बिरामीहरुको सेवामा बिताएकी छन् । त्यसैले पनि उनमा चुनौतीहरुको सामना गर्ने हिम्मत छ ।