समाचार

आयोगका अधिकृतले नै छोरीलाई लोकसेवामा पास गराउन उत्तर लेखिदिएको खुलाशाा

२९ असार काठमाडौं । छोरीलाई लोकसेवा आयोगमा पास गराउन आयोगका एक अधिकृतले आफै उत्तर लेखिदिएको खुलाशा भएको छ ।

अनियमित तरिकाले सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीले २०७६ साल जेठ ११ गते नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेको बारेमा अहिले खुल्न आएको हो ।

उक्त कुराको खुलाशा भएपछि अहिले छोरीको उत्तर पुस्तिका रद्द गरिएको छ । आयोगले रोल नं. ३२९८ नम्बरको ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिएको जानकारी सूचना निकालेर दिएको थियो । साथै अनियमितता गर्ने मिमबहादुर शाहीलाई भने दरखास्त व्यवस्थापन शाखामा पठाईनुका साथै उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्काको तयारी गरिएको बताईएको छ ।

उक्त अधिृकतकी छोरीको वस्तुगत परिक्षाको ५० ओटै प्रश्नको उत्तर मिलेपछि उनको प्राप्ताङक अस्वाभाविक लागेर सचिव आनन्दराज ढकालले पुनः छानबिन गर्न निर्देशन दिँदा छानबिनबाट बाबुले नै उत्तर लेखिदिएर पास गराउन खोजेको खुलेको हो ।