स्वास्थ्य

मिर्गौला तस्करीको आरोपमा कर्मचारी/डाक्टर/कर्मचारी/प्रहरीसहित १२ जना परे प्रहरीको फन्दामा

१८ असार, काठमाडौं । गुल्मी रेसुगां नगरपालिका २ का असई भीमप्रसाद ढकाल र अगाडीपनि मिर्गौला तस्करको रुपमा नाम कहलिएका सई योगेन्द्रराज थपलियालाई अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीक अनुसार पक्राउ पर्नेहरुमा चितवन जिल्ला प्रशासन कार्यालयका अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साईन्सेज टिचिगं अस्पतालका कानूनी सल्लाहकार रमेश काफ्ले, प्रमुख संचालन अधिकृत सुप्रभात श्रेष्ठ, डा बालकृष्ण कालाखेती, डा राकेश कुमार बर्मा, जमुना राजभण्डारी, रेश्मा राई, ललितपुर महानगर वडा नंम्बर ३ का वडाध्यक्ष गोपाल महर्जन, खरदार नबराज केसी लगायतका छन् ।

मिर्गौला तस्करीमा संलग्नता अभियोगमा पक्राउ पर्नेमा वडाध्यक्ष र प्रहरी अधिकारी अनि कर्मचारी र डाक्टर केही पनि बाँकी रहेका छैनन् ।