राजनीति

यस्ता छन् तरुण बिभागका हस्तिहरु, जस्ले काँग्रेस बलियो बनाउन सशक्त भूमिका खेल्ने दाबी गर्छन्

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवम् तरूण विभाग प्रमुख शंकर भण्डारीले केहि दिन अगाडि १९ जनालाई सदस्यमा मनोनीत गरेका छन्। पार्टीलाई सशक्त चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने रुपमा काँग्रेस नेता कार्यकर्ताबिच हेरिएको तरूण विभागलाई अन्य बिभागसँग प्रतिष्पर्धा गर्ने रुपमा हेरिएको छ ।

पहिलो चरणमा तरुण विभागको जिम्मेवारी पाउनेहरुमा बझाङका पुराना तरुण नेता चेतराज बजाल, तरुण दलका पूर्व केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङ, खगेन्द्र देवान इलाम, मदन बुढाथोकी झापा, रामपल्टन साह धनुषा, श्यामप्रसाद श्रेष्ठ नवलपुर , अर्जुन शेरचन बाग्लुङ, नन्दबहादुर विष्ट रुकुम, श्रीकुमारी घर्ति रोल्पा, थिरबाबु परियार लम्जुङ, पासाङ नुर्बु शेर्पा सिन्धुपाल्चोक, लोकेन्द्र ध्वज खाँण कपिलबस्तु, प्रवल थापा काठमाण्डौं, खिमान सिं रायमाझी प्युठान, मदन मण्डल बारा, सरस्वती शाह बर्दिया, अमृत भट्चन नवलपुर, सुरेशप्रसाद यादव सप्तरी र बाराका मोहम्मद अतिउर रहमान रहेका छन् ।

तरुण बिभागले काँग्रेसलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विभाग प्रमूख शंकर भण्डारीको दाबी छ । बिभागमा पुराना तथा क्षमतावान सबैलाई समेटिदै मनोनयन गरिएको पूर्व मन्त्री समेत रहेका नेता भण्डारीको भनाई छ ।