राजनीति

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध नेविसंघको प्रदर्शन

२८ असार, काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम बबरमहल अगाडि प्रदर्शन गरेको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीको समयमा मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन माग गरे । “बन्दाबन्दीको समयमा जनतालाई राहत प्याकेज ल्याउनुपर्ने सरकारले जनताप्रति निर्वाह गर्ने दायित्व पूरा गर्न सकेन”, उनले भने । सङ्घले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

यस्तैै, सङ्घले निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण, अनावश्यक खर्च कटौती तथा स्वचालित मूल्य प्रणाली पालना गर्नुपर्ने माग गरेको छ । यसअघि सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै यही असार २४ गते निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई सातबुँदे ज्ञापनपत्र बुझाएको थियो ।