सामाजिक सञ्जाल

अमिताभ बच्चनलाई कोरोना संक्रमण, करोडौं समर्थकले दिए स्वास्थ्य लाभको कामना

२८ असार, नयाँदिल्ली । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । अभिनेता बच्चनले सामाजिक सञ्जालमा ट्वीट गर्दै उक्त कुरा पुष्टी गरेका छन् ।

७७ बर्ष पुगेका बच्चन कोरोना संक्रमण पुष्टी भएपछि मुम्बईको नावती अस्पतालमा भर्ना भएको समाचारमाद्यमहरुले बताएका छन् ।

भारतमा पछिल्लो २४ घण्टमा २७ हजारमा कोरोना संक्रमण पुष्टी भईसकेको अवस्थामा अभिनेता बच्चनलाई पनि संक्रमण देखिएको छ ।

उनको बिश्वभरका करोडौं समर्थकहरुले सामाजिक सञ्जाललगायतबाट बच्चनको स्वास्थ्यलाभको कामना गरिरहेको छन् ।