पु.समाचार

विपतमा राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर सबै एकजुट हुनुपर्छः नेता जोशी

२७ असार, काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले विपतको घडीमा राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर चुनौतीको सामना गर्न सबैजना एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

सामुदायिक सेवामञ्च, स्वयम्भूको १८ औं वार्षिक साधरणसभा उद्घाटन गर्दै जोशीले कोभिड १९ को रोकथाम नियन्त्रणमा भएको खर्चको र भ्रष्टाचारका विषयमानि प्रश्न उठेकाले विभिन्न क्षेत्रका नागरिक अगुवाहरुको संलग्नतामा लेखा परिक्षणगर्न समिति गठन गर्नमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै जोशीले प्रहरी र जनता मिलेरनै शान्ति स्थापना र विसङ्गति, विकृतिसँग लड्न र सुशासन कायम गर्न एकहुनपर्नेमानि जोड दिए ।

अमिन पाण्डेको सभापतित्वमा सम्पन्न वार्षिक साधरणसभाले आजै राजु खरेलको नेतृत्वमा समिति गठन भएको छ । कार्यक्रम सामाजिक दूरी कायम गर्दै सम्पन्न भएको थियोे ।