राजनीति

बेपत्ताको खोजी, उद्दार र राहतका लागी एकीकृत प्रयत्न जरुरी–नेता केसी

२७ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री अर्जुननरसिं केसिले वार्ढी पहिरोमा परि बेपत्ताको खोजी, उद्दार र राहतकालाई एकीकृत प्रयत्न जरुरी रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता केसिले मुलुक एकपछि अर्काे संकटबाट ग्रष्त हुँद गएको प्रति दुःख व्यक्त गरेका छन् । उनले कोरोना महामारीमा थप प्राकृतिक भिषण प्रकोप बाढी र पहिरोले देशका कैयौ भुभागमा धनजनको ठूलो क्षति भएको यो दुःखद राष्ट्रिय विपदमा राहत, उद्धार, बेपत्ताको खोजी र पीडितका पक्षमा राज्यका सबै स्तह र दलहरुको युद्ध स्तरीय एकीकृत प्रयत्न जरुरी रहेको बताएका हुन् ।

बिहिबारदेखी सुरु भएको अविरल वर्षाका कारण वार्ढी तथा पहिरोमा परि दर्जनांको मृत्यु भएको छ भने सयौं व्यपत्ता रहेका छन् ।

उनको ट्वीटः राष्ट्र एक पछि अर्को दुरुह संकट बाट ग्रस्त छ । कोरोना महामारीमा थप प्राकृतिक भिषण प्रकोप बाढी र पहिरो ले देशका कैयौ भुभागमा धनजनको ठूलो क्षति भएको छ । यो दुःखद राष्ट्रिय विपदमा राहत, उद्धार, बेपत्ताको खोजी र पीडितका पक्षमा राज्यका सबै स्तह र दलहरुको युद्ध स्तरीय एकीकृत प्रयत्न जरुरी छ ।