राजनीति

धनराजको आक्रोशः प्रधानमन्त्रीको जोकले जनतालाई रोग र भोकबाट जोगाउन सकिदैन

२७ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्रीको जोकले जनतालाई रोग र भोकबाट जोगाउन नसक्ने भन्दै आक्रोस व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले एकातिर जनता जिवनजल नपाएर र भोकले तड्पिएर मर्ने र अर्काेतिर प्रधानमन्त्री केपीशर्मा ओलीले भने भाषणमा रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार पछि हट्दैन भन्ने अभिव्यक्ति प्रति कटाक्ष गर्दै उनी आक्रोसित भएका छन् ।

उनले भनेका छन् देशमा राजु सदाहरुले जीवनजल नपाएर मृत्युवरण गर्नु पर्ने र भोकले तड्पिएर सुर्यबहादुर तामाङहरुले सडकमै प्राण त्याग्नु पर्ने अवस्था रहेको तर देशको प्रधानमन्त्रीले रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार पछि हट्दैन भनेकोले तपाईंको जोकले देशवासीलाई रोग र भोकबाट जोगाउन सकिदैन है भन्दै कटाक्ष गरेका छन् ।

उनको ट्वीटः यो देशमा राजु सदाहरुले जीवनजल नपाएर मृत्युवरण गर्नु पर्छ । भोकले तड्पिएर सुर्यबहादुर तामाङहरुले सडकमै प्राण त्याग्नु पर्छ । तर यहि देशको प्र.म.भन्नु हुन्छ–रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार पछि हट्दैन ।@PM_Nepal ज्यु ! तपाईंको जोकले देशवासीलाई रोग र भोकबाट जोगाउन सकिदैन है ।