पु.समाचार

प्रधानसेनापति थापाद्वारा नवनियुक्त आईजीपी थापालाई हेडक्वाटर नै गई बधाई ज्ञापन

२७ असार, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई एवम् शुभकामना दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज भेटघाट गरी प्रधानसेनापति थापाले सफल कार्यकालको शुभकामनासहित हार्दिक बधाई ज्ञापन गरेका हुन् । भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुबै सङ्गठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल भएको थियो ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक क्षेत्रीलाई अनुभव र ज्ञानको सङ्गालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको सङ्केतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरीसमेत प्रदान गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनोस्वरूप ‘मोमेन्टो’ प्रदान गरे ।