आर्थिक

आयल निगमले गर्यो पेट्रोलियम पदार्थमा एक रुपैयाँ मूल्य वृद्धि

२७ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा रु एकएकका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्यानुसार अब काठमाडौंँमा पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर  ८८ मा बिक्रीवितरण हुने छ ।

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ ।