पु.समाचार

आज ११८ जनालाई कोरोना संक्रमण, निको हुने जम्मा ८०११ जना

२६ असार, काठमाडौं। आज नेपालमा ११८ जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । आजको संख्यालाई जोड्दा नेपालमा जम्मा १६ हजार ६१९ कोरोना भाईरसको संक्रमण हुनेहरु पुगेका छन् ।

२४ घण्टामा कोरोनालाई जितेर १२० जना डिस्चार्ज भएका आजको स्वास्थय मन्त्रालयको प्रेश ब्रिफिगंका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् ।

नेपालमा यससँगसंगै निको हुनेको संख्या ८०११ पुगेको छ भने ८६०३ जना संक्रमितहरु आईसोलेसन र क्वारेन्टाईन्मा उपचाररतः छन् । अहिलेसम्म कोरोनाबाट मृत्यु हुने ३५ पुगेका छन् ।