सामाजिक सञ्जाल

भारत/ चिनको को सहयोग लिने बिदेशी दलालबाट मुलुकको रक्षा हुँदैनः गुरुङ

२६ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले भारतीय दलालहरुलाई ठेगान लगाउन चिनको सहयोग लिने र चिनियाँ दलालहरुलाई ठेगान लगाउन भारतको सहयोग लिनेहरु सबै बिदेशी दलाल भएको दावी गरेका छन् । उनले बिदेशी दलालहरुबाट मुलुकको स्वाधिनता रक्षा हुँदैन भन्ने ठोकुवा गर्दै नेपालले नक्शा जारी गरे पछि पनि लिपुलेकमा भारतले सडक बनाइरहेको प्रति अनदेखा किन ? भन्ने प्रश्न गरेका छन् ।

उनको स्टाटस्ः भारतीय दलालहरुलाई ठेगान लगाउन चिनको सहयोग लिने र चिनियाँ दलालहरुलाई ठेगान लगाउन भारतको सहयोग लिनेहरु सबै बिदेशी दलाल हुन्। बिदेशी दलालहरुबाट मुलुकको स्वाधिनता रक्षा हुँदैन। अन्यथा नेपालले नक्शा जारी गरे पछि पनि लिपुलेकमा भारतले सडक बनाइरहेको प्रति अनदेखा किन ?