राजनीति

अध्यक्ष बस्नेतको ७७ वटै जिल्लालाई निर्देशन्ः विपदमा जनताको उद्धारमा सकृय हुनुस्

२६ असार, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले दल मातहतका ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेका छन् ।
अध्यक्ष बस्नेतले आफ्नो जिल्ला, क्षेत्रमा हुन सक्ने विपद जोखिमको पुर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्यार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रिय समितिका तर्फबाट निर्देशन दिएका छन् ।
उनले विज्ञप्ती जारी गर्दै विपदको बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगाएतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन सहित यो परिपत्र गरेको बताएका छन् ।

उनले अविरल रुपमा वर्षा भई बाढी पहिरोको कारण केही दिन देखि सिन्धुपाल्चोक, म्याग्दी, बझाङ, कास्की लगाएत देशका विभिन्न ठाउँमा हामीले ठुलो जनधनको क्षति व्यहोरीसकेको र जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केही दिन लगातार वर्षा हुने पुर्वानुमान गरिएको कारण सचेत हुन आग्रह गरेका हुन् ।