पु.समाचार

नेकपाको स्थायी समिति बैठक पुनः सात दिन सम्मकालागि स्थगीत

२६ असार काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक ७ दिनसम्मका लागि स्थगित भएको छ ।

तेस्रोपटक स्थगीत भई आजका लागि डाकिएको बैठक मुुलुकमा वर्षासंगै सुरु भएको  प्राकृतिक विपत्तिमा ध्यान दिनुपर्ने भन्दै आगामी सात दिन हुँदा साउन २ गतेसम्मकालागि बैठक स्थगीत भएको पार्टी प्रवक्ता नारायणकाजि श्रेष्ठले जानकारी दिएका छन् ।

देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रिय कार्य समितिको तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगि गरिएको जानकारी गराईएको हो ।

नेकपामा पछिल्लो समय आन्तरिक विवाद समाधान नहुँदा स्थायी कमिटी बैठक पटक–पटक स्थगीत हुँदै आएको छ । विवाद समाधानका लागि दुई अध्यक्षले वार्ता गर्दै आएपनि कुनै निष्कर्श निस्कन सकेको छैन ।