आर्थिक

सुनको मूल्य ९२ हजार ४०० पुग्यो

२५ असार, काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४०० पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य रु ९१ हजार ९६५ र चाँदीको भाउ तोलामा रु २५ ले बढेर रु ९८० प्रतितोला कायम भएको छ । बुधबारको तुलनमा प्रतितोला रु ९००ले सुनको भाउ बढेको हो । आज कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो । लकडाउन (बन्दाबन्दी) र सुनको भाउ बढ्दै जानुले पछिल्लो पटक कारोबार ठप्प रहेको महासङ्घ महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।