पु.समाचार

नेपालमा भारतीय टिभी च्यानल बन्द, सर्बसाधारण ब्यापक खुशी

२५ असार, काठमाडौं। लगातारको जनदबाबपछि आजबाट विदेशी च्यानलहरु बन्द गर्ने निर्णय गरिएके छ ।

सरकारले आजमात्र कानूनी र राजनीतिक उपचार खोजिने बताईरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको जथाभावी समाचार बनाउने बिदेशी च्यानलहरुलाई बन्द गर्ने निर्णय गरिएको म्याक्स डिजिटल प्रा.लीका उपाध्यक्ष धु्रव शर्मालाई उध्रित गर्दै समाचारमाद्यमहरुले बताएका छन् ।

सरकारले च्यानल बन्द गर्न निर्देशन् नदिएपनि उक्त च्यानलहरु बन्द गरिएको शर्माले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राजदूतलाई जोडेर भारतीय मिडियामा नकारात्मक समाचारहरु आएपछि सर्बसाधारणहरुसमेत भारतीय मिडियाप्रति आक्रोशित बनेको बेला बन्द गर्दा जनसमर्थन राम्रै आएको देखिन्छ ।

सर्बसाधारणहरुले सामाजिक सञ्जालमा उक्त निर्णयको स्वागत गर्दै खुशी ब्यक्त गरेका छन् ।