समाचार

सर्पले डसेर २० वर्षीय पुरूषकाे मृत्यु

२५ असार, दैलेख । सर्पले डसेर एक जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा नारायण नगरपालिका २ कुसाडाका २० वर्षीय ललित नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार राति सुतिरहेका अवस्थामा सर्पले डसेपछि श्रीमान्को उपचारका लागि अस्पताल ल्याउन नपाउँदै मृत्यु भएको र श्रीमतीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीका अनुसार श्रीमती भद्राको अवस्था सामान्य छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा निरञ्जन पन्तले वर्षामा सर्पदंशका बिरामी दैनिक उपचारमा आउने गरेको जनाउँदै सर्पको डसाइबाट बच्ने सबै सचेत रहनुपर्ने बताए ।