राजनीति

धनराज भारतबिरुद्ध उत्रिएः भन्छन्, ‘प्रधानमन्त्री बिरुद्धको भारतीय मिडियाको घृणीत कार्य असह्य’

२५ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले भारतीय संचार माध्यमले प्रधानमन्त्री ओली बिरुद्व बिष वमन गर्ने क्रममा ‘हनी ट्रयाप’ जस्तो घृणित आरोप लगाएको कुरा कदापी स्वीकार्य नभएको बताएका छन् ।

काँग्रेससंग प्रधानमन्त्री ओलीसंग अन्तरबिरोध भएपनि आफ्नो देशको प्रधानमन्त्रीको भारतीय मिडियाले गरेको बिरोध सह्य नभएको उनको तर्क छ । प्रम आलीको कार्यकाल भ्रष्टाचारको काण्डै काण्डले भरिएको र उहाँको शासकीय दुर्बलताका सन्दर्भमा प्रमओलीसँग मेरा सयौं बिमतीहरु भएपनि देशकै बैईज्जत हुनेगरी गरेका भारतीय मिडियाका प्रधानमन्त्री ओली बिरुद्धका टिप्पणी, समाचारहरु सह्य नहुने नेता गुरुगंको टिप्पणी छ ।
धनराजको ट्वीटः प्रम आलीको कार्यकाल भ्रष्टाचारको काण्डै काण्डले भरिएको र उहाँको शासकीय दुर्बलताका सन्दर्भमा प्रमओलीसँग मेरा सयौं बिमतीहरु छन्। तर भारतीय संचार माध्यमले प्रधानमन्त्री ओली बिरुद्व बिष वमन गर्ने क्रममा ‘हनी ट्रयाप’ जस्तो घृणित आरोप लगाएको कुरा कदापी स्वीकार्य छैन।