पु.समाचार

अध्यक्ष दाहालको अपिलः दीर्घकालिन प्राकृतिक प्रकोपको सामना गर्ने रणनीतिबारे समयमै ध्यान दिऔं

२५ असार काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दीर्घकालिन प्राकृतिक प्रकोपको सामना गर्ने रणनीतिको बारेमा समयमै ध्यान दिन सबैमा अपिल गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष दाहालले सिन्धुपाल्चोकमा गएको पहिरोले पुर्याएको क्षती र ज्याने गुमाउनु परेको प्रति दुःख व्यक्त गर्दै यस्तो बताएका हुन् ।

सिन्धुपाल्चोक, गुल्मी, बझा​ङ लगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको प्रति उनले दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले यो स्थितिमा प्राकृतिक प्रकोपमा परिवारजन गुमाएकाप्रति संवेदना व्यक्त गर्दै अहिले पनि कतिपय व्यक्ति वेपत्ता भएको र घरबारविहिन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्दार तथा राहतमा सक्रिय भएर जुटन र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपील गरेका छन् ।

अध्यक्ष दाहालले दीर्घकालिनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपील गरेका छन् ।

उनको ट्वीटः सिन्धुपाल्चोक, गुल्मी, बझा​ङ लगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याएको छ । यो स्थितिमा प्राकृतिक प्रकोपमा परिवारजन गुमाउनुभएकाहरुप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु । अहिले पनि कतिपय व्यक्ति वेपत्ता हुनुभएको र घरबारविहिन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्दार तथा राहतमा सक्रिय भएर जुटन र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपील गर्दछु । यसका साथै दीर्घकालिनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपील गर्दछु ।