सामाजिक सञ्जाल

सरकारले बाह्रबिसे बाढी/पहिरो ग्रसित क्षेत्रमा तत्काल उद्धार र राहतको व्यवस्था गरोस्ः अध्यक्ष थापा

२५ असार काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले बाह्रबिसेमा भएको वाढी पहिरो ग्रसित क्षेत्रमा तत्काल उद्धार र राहतको व्यवस्था सरकारसंग गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले सिन्धुपाल्चोकमा भएको उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनले वाढी पहिरोले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो जनधनको क्षति पुराएको भन्दै त्यस क्षेत्रमा तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसंग आग्रह गरेका हुन् ।

अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् साथै दर्जनौं घर बगेका छन् । साथै, पिडित जनताको सेवामा जुटन राप्रपाका कार्यकर्ताहरुलाई पनि अनुरोध गरेका छन् ।

उनको ट्वीटः बाढी पैह्रोले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो जनधनको क्षति पुराएको छ । त्यस क्षेत्रमा तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसंग आग्रह गर्दछु । साथै, पिडित जनताको सेवामा जुटन राप्रपाका कार्यकर्ताहरुलाई अनुरोध गर्दछु ।