पु.समाचार

सभापती देउवाको कार्यकर्तालाई निर्देशनः सिन्धुपाल्चोक वाढीपीडितको उद्धारमा तत्काल खट्नुस्

२५ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सामाजिक सञ्जाल माफर्त सभापती देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढि र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको हुँदा सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई तत्काल उद्दारमा खटिन निर्देशन दिएका हुन् ।

अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् साथै दर्जनौं घर बगेका छन् ।

साथै सभापती देउवाले सरकारलाई छिटोभन्दा-छिटो त्यो क्षेत्रमा उद्दार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन आग्रह गरेका छन् ।

उनको ट्वीटः सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढि र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको छ । म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्दार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।