खेलकुद

स्प्यानियोललाई हराउँदै बार्सिलोनाले राख्यो उपाधि सम्भावनालाई जिवितै

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा उपाधि आशा कायमै राखेको छ । बुधबार राति घरेलु मैदानमा स्प्यानियोललाई हराउँदै बार्सिलोनाले उपाधि सम्भावनालाई जिवितै राखेको हो ।

घरेलु मैदानमा जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथि दबाब समेत बढाएको छ । बार्सिलोनाको जितमा लुईस सुआरेजले खेलको ५६ औं मिनेटमा विजयी गोल गरेका थिए । सोही गोल बार्सिलोनालाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।
दुवै टिमले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेका थिए । ५० औं मिनेटमा बार्सिलोनाका युवा स्टार अंशु फाती रातो कार्ड खादै मैदान छाडेका थिए । उनले स्प्योनियोलका फर्नान्डो कालिरोमाथि फल गरेका थिए । त्यसको तीन मिनेटपछि खतरनाक ट्याकल गरेको भन्दै पाहुना टोलीका लाजानोले समेत रातो कार्ड पाएका थिए ।

स्प्यानियोलसंगको हारले बार्सिलोनाको उपाधि सम्भावना लगभग सकिने अवस्थामा रहेको थियो । बार्सिलोनाले ७६ अंक जोड्दै शीर्ष स्थानको रियलसंगको दुरी १ अंकमा झारेको छ । तालिकाको पुछारमा रहेको स्प्यानियोलको २४ अंक छ ।