पु.समाचार

ब्राजिलका उट्पट्यागं राष्ट्रपतिलाई कोरोना लागेकोबाट ओलीले पनि सिकुन्ः गगन थापा

२४ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले जेपायो उही बोल्ने ब्रजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण देखिएको नजिरलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ध्यान दिनुपर्ने संकेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै, ‘ब्राजिलका राष्ट्रपति कोरोनाका विषयमा उटपट्याङ बोल्थे।आफू स्वास्थ्य सावधानी नअपनाउने उल्टै स्वस्थ्य व्यक्तिलाई केही हुन्न भन्ने र अप्रमाणित उपचार विधि सुझाउँथे।अहिले आफै संक्रमित भएछन्।’ भनेका छन् ।

नेता थापाले नेपालमा पनि प्रधानमन्त्री ओलीले उट्पटुयागं कुरा गर्दै हिँडेको आरोप लगाउँदै जिम्मेवारीमा बसेर उटपट्याङ काम कुरा गर्ने हाम्रा तिरकाले यो थाह पाए कि पाएनन् होला ? भन्ने प्रश्न गरेका छन् ।
नेता थापाको भनाईः ब्राजिलका राष्ट्रपति कोरोनाका विषयमा उटपट्याङ बोल्थे।आफू स्वास्थ्य सावधानी नअपनाउने उल्टै स्वस्थ्य व्यक्तिलाई केही हुन्न भन्ने र अप्रमाणित उपचार विधि सुझाउँथे। अहिले आफै संक्रमित भएछन्।

जिम्मेवारीमा बसेर उटपट्याङ काम कुरा गर्ने हाम्रा तिरकाले यो थाह पाए कि पाएनन् होला ?