उर्जा

विद्युत् चुहावट हुँदा एक महिला करेन्ट लागी मृत्यु

२४ असार, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा खाना पकाउने क्रममा विद्युत् चुहावट हुँदा आज एक महिलाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–४ जगतपुर बस्ने २३ वर्षीया लिलम चौधरीको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरमा खाना पकाउने क्रममा करेन्ट लागी घाइते चौधरीलाई उपचारको लागि राजविराजस्थित अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।