गण्डकी प्रदेश

नवलपरासीमा ट्रयाक्टर दुर्घटनामा एक युवकको मृत्यु

२४ असार, परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सदरमुकाम परासीमा आज भएको ट्रयाक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई हाल पाल्ही टेर्डस परासीमा कार्र्यरत २५ वर्षीय अङ्गद कुर्मी छन् ।

रामग्राम–४ स्थित परासी–महेशपुर सडकखण्डको क्याम्पस चोकमा परासीबाट महेशपुरतर्फ फलामको रड लिएर जाँदै गरेको लु २ त २४६८ नंको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टरमा सवार कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।