समाचार

मजदुरको हताहतीमा दुःख व्यक्त गर्दै सरकारद्वारा समवेदना व्यक्त

२४ असार, काठमाडौँ । सरकारले गणतन्त्र म्यान्मा सङ्घमा ठूलो सङ्ख्यामा खानी मजदुरको हताहती भएकामा दुःख व्यक्त गर्दै त्यहाँको सरकारमा समवेदना व्यक्त गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यान्माको राज्यपरिषद्का सल्लाहकार एवं विदेशमन्त्री आङसान सुचीलाई आज एक शोक सन्देश पठाउँदै जारी उद्धारको कार्य सफल हुने विश्वास व्यक्त गरेका छन् ।

साथै सन्देशमा उनले म्यान्मा सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै शोकपूर्ण क्षणलाई पराजित गर्ने विश्वास व्यक्त गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।