राजनीति

पुरा पाँच बर्ष ओली सरकार नै टिक्नुपर्ने मागसहित काठमाडौंमा प्रदर्शन

२४ असार, काठमाडौं । कोटेश्वर, चाबाहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा गरी केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने भन्दै आन्दोलन भएको छ ।
सामाजिक सञ्जालमा राष्ट्रबादी प्रधानमन्त्री भएको भन्दै उनको समर्थनमा हुन लागेको प्रदर्शनमा उपस्थित हुन आग्रह गर्दै आह्वान गरिएअनुसार आज प्रदर्शन भएको हो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा नेपालको नक्सामा पार्दा आफूलाई ढाल्न विदेशी शक्ती सकृय रहेको भन्दै प्रधानमन्त्री ओलीले सार्बजनिक अभिब्यक्ती दिएका थिए । यस्तै प्रकारका आन्दोलन वा प्रदर्शनहरु चितवन, बुटबल, ललितपुरमा पनि यसअगाडी नै भईसकेका छन् ।

प्रदर्शनमा सहभागीहरुले आई एम विथ केपी ओली, प्रधानमन्त्रीको राजीनामा कसका लागी ? जस्ता व्यानरहरु बोकेका थिए । नेकपाकै नेताहरुबीच भएको असमझदारीका कारण स्थायी समिति बैठक बस्न सकेको छैन भने दुई अध्यक्षबीच बसेका दैनिकका बैठकहरुबाट समझदारी निस्कन सकेको छैन ।

यसै समयमा प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन निस्किरहेका छन् ।  प्रदर्शनमा अधिकाँस नेकपा अध्यक्ष केपी शर्मा ओली समर्थकहरुको सहभागीता भएको थियो ।