पु.समाचार

आज थपिए २५५ जना कोरोना संक्रमित, जम्मा पुगे १६ हजार ४२३ जना

२४ असार, काठमाडौं । आज ४ हजार ६४६ जनाको २४ घण्टामा पिसिआर टेष्ट भएको छ । कोरोना मुक्त भएका २५३, आजसम्म ७ हजार ७५२ जना छन् । आज २५५ कोरोना संक्रमित थपिएका छन् ।

नेपालमा १६ हजार ४२३ कोरोना संक्रमित पुगेका छन् । उक्त कुराको पुष्टी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गरेका छन् ।