साहित्य

ज्युँदो मान्छे र पुरुषार्थ

-डा सुरेन्द्र सिटौला                         -कविता

बेदनाको छानो चुहिएर
आखामा खहरे सुसाउदा
जिबन मेरो पुरुषार्थ खोज्छ
चक्रब्युहमा निस्सासिएको पुरुषार्थ
मृगतृष्णाको चौतारीमा
पसिना पुछ्दै गरेको देखेर
जिबन मान्छे हुनुको अर्थ सोध्छ

कर्मको पाठशालामा
मान्छेको परिभाषा पढ्दापढ्दै
परिभाषाको बोझले थिचिएर
निस्सासिएको कर्मले
दिक्क भएर
पसिना सग पारपाचुके गर्‍यो रे
इर्ष्याको खहरे भेलले
मान्छे भित्रको मानवता बगाउँदा
सुन्छु !
मान्छे भित्रको मान्छे मर्यो रे
मृत्युको खबर सुनेर
पुरुषार्थ आफै छक्क पर्यो रे
बिडम्वना !
पुरुषार्थको खोजमा भौतारिदा भौतारिदै
जिबनको आफ्नै साख मर्यो रे

गजब छ मेरो मन
बचाउन जति प्रयास गरे पनि
मरिसकेको मान्छेलाइ
उ श–शरीर ज्युदै खोज्छ
मान्छेको बाहिरी आकृतिसँग
भित्री मान्छे हुनुको अर्थ सोध्छ

बिचलित मेरो मनलाइ शान्त पार्दै
एक फकीर शन्त
अकस्मात !
मेरो घर आए
मलाइ ज्युँदा र मरेका मान्छेहरुको
फरक पढाए
उनी भन्दै थिए
मरेका मान्छेहरू
शहरको सत्ता र वैभवमा रमाउछ्न्
ज्युदा मानिसहरु
बन्दीगृह र शरणार्थी शिविरमा
मान्छे खोज्दै कराउछन्

फकिर बाबाले मलाइ सम्झाउदै भने
घाटबाट फर्केका मलामीहरुले
तिमिलाइ मान्छेको अर्थ बुझाउछ्न
भोको भिखारीको रित्तो टोक्रीमा
खसेको एक रुपैयाँ पैसामा
भिखारीहरु
ज्युदो मान्छेको पुरुषार्थ भेट्टाउछन् ।