प्रवास

जनसम्पर्क समिति, अष्ट्रेलियाको बारेमा सभापति देउवालाई नेता साउद यसो भन्छन्

२४ असार, काठमाडौं । नेपाली कांग्रेस, केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि एन.पी.साउदले सभापति शेरबहादुर देउवालाई अष्ट्रेलीयाको जनसम्पर्क समिति विवादको बारेमा चिठी लेखेका छन् । उनले सबै कुराहरु खोलेर यस्तो चिठी लेखेका छन् ।

श्रीमान सभापति ज्यु,
नेपाली कांग्रेस, केन्द्रियसमिति काठमाडौ
विषयः नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको प्रतिवेदन सम्वन्धमा!

महोदय,
उपरोक्त सम्वन्धमा नेपालीज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (NADF)को निमन्त्रणामा सो संस्थाको वार्षिक सभा तथा राष्ट्रिय सम्मेलनमा भाग लिन मिति २०७६ माघ २ गते देखि माघ ११ गतेसम्म अष्ट्रेलिया भम्रण गर्ने सिलसिलामा पार्टीले मलाई नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको कार्यसमिति गठन र विस्तार गर्ने सम्वन्धमा केन्द्रिय प्रतिनिधिको समेत कार्य गर्ने गरि जिम्मेवारी दिएको कुरा अवगत नै होला! सो कार्यकालागी अष्ट्रेलिया वसाईको क्रममा नेपाली जनसम्पर्क समिती अष्ट्रेलियामा आवद्ध विभिन्न पक्षहरुसङ्ग व्यापक सम्वाद, परामर्श, छलफल र अन्तर्कृया भएको र सो सन्दर्भमा अष्ट्रेलियाको महत्वपूर्ण तीन स्थान क्यानवेरा, सिड्नी र मेलवर्नमा सो क्षेत्रका स्थानीय समितीहरुले प्रभावकारी कार्यक्रम राखेको समेत अवगत गराउदछु!

सो क्रममा नेपाली जनसम्पर्क समिती, अष्ट्रेलिया तयारी समितीका संयोजक कृष्ण गिरीको संयोजनमा मिति 19 फेब्रुअरी 2020 का दिन सिड्नीमा भेला भएका नेपाली जनसम्पर्क समिती, अष्ट्रेलियाका अन्तरप्रदेशिक (Inter-state)कार्यकर्ता साथीहरुको वृहत्तर भेलाले नेपाली जनसम्पर्क समिती, अष्ट्रेलियाको विवाद समाधान गर्ने, NRN अष्ट्रेलियाको निर्वाचनताका आपसमा देखिएको असमझदारी हटाउदै सहमतिको आधारमा अघि वढने प्रतिवद्धता सहित नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको अधिवेशन तयारी समितिलाई पुर्णता दिने उद्देश्यले तयारी समितिका संयोजक कृष्ण गिरीको संयोजकत्वमा देवेन्द्र वस्नेत (मेलवर्न) र अभिमन्यु के.सी. (व्रिस्वन) रहने गरि सर्वसम्मतीवाट तीन सदस्यीय समिति गठन गरि सोको जानकारी हामीलाई गराइएको थियो साथै हाम्रो संयोजनमा पटकपटक सो समितीका सदस्यहरुविच Video conference meeting गरिएको थियो! सो छलफल र अन्य सरोकारवाला पक्षहरु, लोकतन्त्रवादी साथीहरुको रायसल्लाहको आधारमा तपसिल वमोजिमका सुझावहरु प्रस्तुत गरेको छु!

१) नेपाली जनसम्पर्क समिती, अष्ट्रेलिया तयारी समितीका संयोजक श्री कृष्ण गिरीको संयोजकत्वमा नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको आगामी अधिवेशन सम्पन्न हुन सक्ने गरि काम गर्न संयोजक श्री गिरीलाई सामान्य वहुमत दिनुपर्ने देखिन्छ!

२) अष्ट्रेलियामा रहेका ६ प्रदेशहरु (6 states): 1.New South Wales 2.Victoria 3.Queensland 4.Western Australia 5.South Australia र 6.Tasmania र २ क्षेत्र (2 territory ): 1.Australia capital territory र 2.Northern territory मध्ये नेपालीहरुको सघन वसोवास रहेको र जनसम्पर्क समितीको सक्रिय गतिविधि रहने छ वटा क्षेत्रहरु 1.New South Wales (sydney ), 2.Victoria(Melbourne), 3.Queensland(Brisbane), 4.South Australia (Adelaide), 5.Australia Capital territory(Canberra) र 6.Northern territory(Darwin) वाट कम्तिमा १/१ जनाको तयारी समितीमा प्रतिनिधित्व हुने गरि समिती निर्माण गर्नु पर्ने देखिन्छ!

३) अष्ट्रेलियाका 6 states र 2 territory मध्ये New South Wales (sydney) र Victoria (Melbourne) मा नेपालीहरूको वढी जनसंख्या रहेको कारण सो क्षेत्रवाट प्रतिनिधित्व संख्या वढाउन सकिने देखिन्छ !

४) माथी उल्लेख भए वमोजिमको क्षेत्रगत प्रतिनिधित्व हुने गरि तयारी समितिको संयोजक वाहेक वाकी सदस्यहरुमा मिति 19 फेब्रुअरी 2020 मा सिड्नीमा भएको भेलाको समझदारी र संयोजक कृष्ण गिरी, देवेन्द्र वस्नेत र अभिमन्यु केसी सम्मीलित ३ सदस्यीय समितिको सहमतिको आधारमा नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको तयारी समितिको गठन र विस्तार कार्यलाई पुर्णता दिनुपर्ने देखिन्छ! अन्त्यमा, नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको तयारी समिती गठन र विस्तार सम्वन्धमा जनसम्पर्क समितीसङ्ग सम्बद्ध सवै पक्षहरु र सरोकारवाला साथीहरुसङ्गको सम्वाद, छलफल, परामर्श र अन्तर्कृयामा प्रत्यक्ष र परोक्षरुपमा सहभागी भई नेपालवाट NADF को कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया जानू भएका नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भानु सिग्देल, नेपाल महिला संघकी महासचिव मन्जु खाण, ने.वि.संघ पुर्व महामन्त्री सरोज थापा, नेपाली कांग्रेस केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य वरिष्ठ पत्रकार हरिहर विरही र नेपाली कांग्रेसका युवा नेता एवम् देशान्तर साप्ताहिकका सम्पादक कविर राणा लगायत अन्य सवै साथीहरुको सहमति जुटाउने सन्दर्भमा उल्लेखनीय भुमिका रहेको समेत जानकारी गरादछु! जय नेपाल!

एन.पी.साउद केन्द्रिय प्रतिनिधि तथा नेपाली कांग्रेस, केन्द्रिय सदस्य