खेलकुद

कारोनाले रोकिएको क्रिकेट आजबाट फर्कदैंः इंग्ल्यान्ड र वेष्ट इन्डिजबीच पहिलो टेष्ट हुँदै

एजेन्सी २४ असार । कोरोना भाईरसको महामारीको कारण लामो समय रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट आज (बुधबार) बाट फर्कदैछ ।

घरेलु टिम इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको पहिलो टेष्टसँगै अन्तर्राष्ट्रिय क्रिकेट फर्कन लागेको हो । करिब ४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट फर्कन लागेको हो ।

इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको पहिलो टेष्ट साउथह्याम्पटनमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार ३स्४५ बजे सुरु हुनेछ । यस खेल कोरोनाको महामारीपछि भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट हो ।

खेलाडीको सुरक्षा र कोरोनालाई मध्ये नजर गर्दै दुई टिमबीचको टेष्ट बन्द रंगशालामा हुनेछ । लामो समयपछि फर्कन लागेको क्रिकेटका लागि दुवै टोलि उत्साहित रहेका छन् । दुवै टोलि सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

इंग्ल्यान्ड पहिलो पटक बेन स्टोक्सको कप्तानीमा मैदान उत्रने छ । वेष्ट इन्डिजको कप्तानी जासन होल्डरले गर्ने छन् । दुई टिमबीच तीन खेलको टेष्ट सिरिज हुनेछ । अन्य दुई टेष्ट भने ओल्ड ट्राफोर्डमा हुनेछ । दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।