समाचार

मौसमवीद भन्छन्ः भोलीदेखी भारी वर्षाको सम्भावना, सतर्क रहनु होला

२४ असार काठमाडौं । मौसमवीदले भोलीदेखी मुलुकका अधिकांस स्थानमा चट्याङ्–मेघगर्जन सहित भारी वर्षा हुने बताएका छन् । जस्का कारण वाढी, पहिरो जानसक्ने हुँदा सर्तक रहन सर्वसाधारणमा अपिल गरिएको छ ।

भोली सुदूरपश्चिम प्रदेश, प्रदेश पाँच, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । राति देशका अधिकांश भूभागमा सामान्य बदली भइ प्रदेश पाँच, गण्डकी प्रदेश, वागमती प्रदेश, प्रदेश २ र १ का धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना छ ।

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार पनि देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । शुक्रबार पनि मेघ जर्गनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा केहिदिनदेखी छिन–छिनमा सामान्य वर्षा हुनेगरेपनि भारी वर्षा भएको भने छैन ।