राजनीति

धनराजको आह्वानः चिन र भारतका दलालबाट मुलुक बचाउन खबरदारी गरौं

२४ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले चिन र भारतका दलालबाट नेपाललाई बचाउन खबरदारी गर्न सबैमा आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले बिदेशीको बुई चढेर सत्ता पाउन र केहि समयका लागि जोगाउन सकिपनि राष्ट्रियता जोगाउन गाह्रो पर्ने भन्दै मुलुकका राष्ट्रवादीहरुले खवरदारी गर्नु पर्ने अबस्था आएकोमा सचेत गराएका छन् ।

उनले भनेका छन्ः भारतीय दलाल र चिनियाँ दलालहरुको चेपुवामा परेर कतै हाम्रो राष्ट्रियता sandwich नबनोस् ।

पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपाको) आन्तरिक विवाद चर्किएको बेला चिनियाँ राजदुतद्वारा नेकपाका वरिष्ठ नेताहरुसंगको भेटघाट वढ्दै गएको प्रति ईंगित गर्दै नेता गुरुङले यस्तो आह्वान गरेका छन् ।

चिनियाँ राजदुतको उक्त कार्यको अहिले सबैतिरबाट बिरोध भएको छ भने नेपालको आन्तरिक मामलामा चासो नदिन आग्रह गरिएको छ ।

उनको ट्वीटः भारतीय दलाल र चिनियाँ दलालहरुको चेपुवामा परेर कतै हाम्रो राष्ट्रियता कबलमधष्अज नबनोस् । बिदेशीको बुई चढेर सत्ता पाउन र केहि समयका लागि जोगाउन त सकिएला तर राष्ट्रियता जोगाउन गाह्रो पर्छ । राष्ट्रवादीहरुले खवरदारी गर्नु पर्ने अबस्था छ है ।